म कहिले पनि भुल्दिन उनीसंग बिताएको त्यो दुई रात…त्यो दिन मलाई… भिडियो सहित हेर्नुहोस !

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो ।

अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने होला ?
कुनै चासो नै नदेखाई भनें, जंचाउन लैजाउ न त ।अफिस पुगेर फेरी फोन गरें उसलाई, मोवाईल अफ नै रहेछ । काममा मन नै लागेन, क्यान्टीनमा गएर एक कप चिया र चुरोट पिएं । मन साह्रै असान्त थियो, उ देखेर रिस पनि उठ्यो कमसेकम मेरो मनले के सोच्ला भनेर त बुझ्नु पर्ने नी ।

२ बज्यो यो बिचमा मैले उसको अफ भएको मोबाईलमा धेरै पटक फोन गरें । झट्ट सम्झीएं, उ कहिले काहीं कुरा गर्दा गर्दै बिना प्रशंग बोलिदिन्छे, ‘मलाई जीन्दगी प्रती मोह छैन, म कुनै पनि बेला मर्न सक्छु । तिमीलाई त म मरेको थाहा पनि हुँदैन ।’
मैले यो कुरालाई कैलेहि गम्भीर रुपमा लिएको थिहिन, ‘नचाईने कुरा नगर किन मर्ने ।’ यो भन्दा बढि मैले कैलेहि केहि भनिन । उ किन बारबार मलाई यो कुरा सुनाउँथी मलाई थाहा छैन, हुन सक्छ उ सुन्न चाहन्छे म यो भनुँ की , ‘तिमी मरेउ भने म एक्लो हुनेछु सन्ध्या ।’ तर यो मैले कैलेहि भनिन । हिजो देखि उसको फोन अफ हुँदा डर लाथ्यो, कतै उसले आत्महत्या त गरिन ।

हतपत म्यासेज गरें, काहाँ छौ तिमी ? फोन पनि अफ छ, साह्रै याद आईरअ‍ेको छ तिम्रो ।म्यासेज सेण्ट भयो, झट्ट सम्झीएं म्यासेज नगरेको भए हुने, साच्चै उसले आत्महत्या गरेकी भए यो म्यासेजले पुलिसको झमेला थप्न सक्छ । रिप्लाई आएन म्यासेजको ।

बिरामीको बहाना बनाएर छिट्टै निस्कीएं अफिसबाट । घर पुग्दा श्रीमती छोरालाई औषधी ख्वाउँदै थिई, देख्नासाथ सोधि कीन छिटो आउनु भयो ?
तेस्सै मैले छोटो उत्तर दिएं ।
कपडा फेरें, श्रीमतीले चिया दिंदै भनि खाजा खानुभयो ? अं खाईसकें फेरी अर्को झुट बोलें ।

हेक्का नै भएन तिमीले खाएउ त भनेर सोध्न पनि । उसो त म श्रीमतीले के खाई ,के लगाईमा ध्यान पनि दिंदीन । उसले चीत्त दुखाईन होली आज पनि, बानि परिसक्यो मेरो स्वभावको उसलाई । श्रीमती गै सकेपछि सम्झें छोरालाई औसधी ख्वाउँदै थिई, के भएको रहेछ भनेर सोध्नु पर्ने मैले ।

मेरो ध्यान सन्ध्याकै फोनमा थियो । यस्तो त कैलेहि भएको थिईन म । सन्ध्या मेरी फेसबुक फ्रेण्ड हो । ब्याचलर पढ्दै गरेकी २० बर्षकी सन्ध्यालाई मैले भेटेको पनि छैन, फोनमा कुरा हुन थालेको २ महिना भयो, तर म झापा र उ काठमाडौं भै दिंदा भेट्ने रहर रहरै बनेको छ ।

म भन्दा १४ बर्ष कान्छी त्यो केटीले म मा ठुलै प्रभाव जमाएकी छ । उ भित्रको बिचार, कुरा गर्ने शैली र मलाई बुझ्ने क्षमताले गर्दा म आजकल उसकै उमेर छेउछाउको पागल प्रेमी बनेको छु । उसको र मेरो सबै भन्दा मिल्ने स्वभाव किताव पढ्नु हो । उसलाई साहित्यमा साह्रै रुचि हुनु र म अंग्रेजी साहित्यको प्रोफेसर हुनुले पनि हामीलाई बाँधेको छ, जस्तो लाग्छ ।

फेरी श्रीमतीले ध्यान भङ्ग गरिदीई, एकछिन बाबु संग बसिदिनुस् न, म पसल जानु छ । हजारको नोट दिदैं भनें, जाउ म हेर्छु ।
पर्दैन पैसा म संग नै छ, उ ढोकाबाट निस्केको हेरिरहें ।मेरी श्रीमती साह्रै सोझी छ, कुनै कुराको गुनासो र माग गर्दिन । सबैले उसको रुप र गुणको तारिफै गरेको सुन्छु । आमा गर्विलो हुँदै भन्नुहुन्छ, मैले हेरेर ल्याएकी बुहारी पो हो त, यति माया त छोरीले पनि गर्दैनन् ।

एकदमै कम बोल्ने स्वभावकी छ उ । मास्टर्स गरेकी मेरी श्रीमतीको अहिले सम्म फेसबुक छैन । सिउँदो भरि सिन्दुर लगाउँछे उ, आज सम्म देखेको छैन उसले अध्यारो अनुहार लगाएको । ठुला ठुला आँखा, मिलेको दाँत, बाधेपनि बाटेपनि उत्तीकै सुहाउने उसको लामो कपाल । यी सबै कुराले उ म भन्दा दसौं गुणा राम्री छ ।

सबै साथी भन्छन् भाग्यमानी रैछस्, भाउजु जस्तो असल श्रीमती पाईस् । हाम्रो जस्तो कचकचे बुढी पर्यो भने लाईफ तेसै खेर जान्छ । मलाई अरुको श्रीमतीले श्रीमानलाई गरेको ब्यबहार देख्दा म भाग्यमानी नै हुँ की झैं पनि लाग्छ । माया लाग्छ मेरी श्रीमतीको मलाई । तर पनि मनमा उसको स्वभावले गर्दा केही दुरी बढेको झैं लाग्छ ।उ टीपीकल बुहारी छ, म छु मनको चन्चल । श्रीमतीको यो खाले स्वभावले गर्दा म पनि घरमा टीपीकल हजबेण्ड बनेको छु । श्रीमती कैलेहि ठुलो स्वरले नबोल्ने, जीस्काए पनि संधै लाज मान्ने, अह्राएको काम खुरुखुरु गर्ने, जीद्दी नगर्ने, हुँदा पनि केटा मान्छेले रित्तो महशुष गर्दो रहेछ ।

मेरो रित्तोपन र चन्चल स्वभाव आजकल फेसबुकमै सिमीत हुन थालेको छ । फेसबुकमा भेटीने कोही केटी संग रमाईला रमाईला कुरा गर्ने बानी परेको छ । यहि बानीले भेटीएकी सन्ध्या आजकल मलाई सबैभन्दा खाष लाग्न थालेको छ । सन्ध्या संग कुरा हुन थालेपछि मैले अरु केटीसंग च्याट पनि गर्न छोड्दिएको छु ।

५ बज्यो सन्ध्यालाई फेरी फोन लगाएं, यस पटक फोन लाग्यो र उठाई पनि । फोन उठाउना साथ आँफै बोल्न थाली, सरि बेबी, हेरन मेरो मोवाईल बिग्रको थियो, हिजै बनाउन दिएको अहिले भर्खर लिएर आएं । तिमीलाई म्यासेज पठाउन लाग्दै थिएं, तिमीले नै फोन गरेउ । उ साह्रै मायालु भएर बोली ।

भन्न त मन थियो मलाई, दिनभरी आत्तीएं म, अफिसमा काम गर्न मन नलागेर घर आएं, खाजा पनि खाईन मैले तर खै कीन यी कुरा भनीन मैले ।

रीसाउँदै भनें मोवाईल बिग्रीए पनि बाहिर कतै त फोन हुँदो हो नी, एक कल फोन गर्न सकीनौ ?

न्रिसाउन । आज एकछिन फुर्सद भएन कलेजमा । हेर चिया सम्म खाएको छैन, प्राक्टीकल सकेर निस्कंदा भोकले मर्नै लागेको थिएं, तै पनि खाजा नखाई मोवाईल बनाउन दिएको ठाउँमा पुगें, उ लाडे पल्टदैं बोली ।म आज सम्म आफ्नी श्रीमती संग कैलेहि झर्केर पनि बोलेको छैन, रिसाउनु पर्ने ठाउँ नै दिंदीन उ । तर सन्ध्या संग झगडा नै गर्न तम्सन्छु । सानो बच्चालाई झै फकाउछे उ, सम्झाउँछे र कहिलेकाँही गाली पनि गर्छे । खुब राम्रो लाग्छ यी सब मलाई ।

दिन यसरी नै बित्दै गए, एक दिन म सन्ध्यालाई भेट्न काठमाडौं जाने भएं । रात्री बसमा काठमाडौ जाँदै थिएं एक पटक पनि निदाउन सकिन । मनमनै सोचें, उ कस्ती होली, केटाको उत्तउलो मन राती संगै बस्न पाए हुन्थ्यो भन्ने पनि सोचें । बिहान ९ बजे काठमाडौको नयाँ बसपार्क झरें, उ लिन आएकी थिई, चिनीहाली उसैले बसबाट झर्ना साथ । सोचेजती राम्री नलागेपनि हेर्नमा ठीकै थिई सन्ध्या । हाप पेन्ट र डार्क ब्लु रंगको टिसर्टमा उ सानो तिनो मोडल नै लागी मलाई ।

देख्नासाथ हाई समिर भनेकी उसले मैले कुनै उत्तर दिन नपाउँदै छातिमै टाँसिन आईपुगी । मैले पनि आफुलाई चलचीत्रको हिरो नै सम्झीएं त्यो बेला । म अलमल भएको देखेर उ नै बोली खाना बनाएर आएको छु गएर खाने अब ।

प्रतिकृया दिनुहोस्