घरमा श्रीमती हुँदा हुँदै परस्त्रीलाई श्रीमती भन्न सक्ने केटाहरुको नियत प्रती घृणा लाग्छ- सिम्रन भट्ट

भनिन्छ मानिसको जीवनमा सुख दुख आउँछन् जान्छन् । मानिस सधै भरि सुखी पनि हुदैन् र दुखी पनि हुदैन् न अजम्बरी हुन्छ मान्छे त् नासिक हो । जिवनमा आएका आरोह अबरोह अनेक स्मरणीय यात्रा जुन मेरो लागि अझै कापी छन । मान्छेको जीवन पुर्ण छैन । मान्छे अनेको कुराको खोजिमा हुन्छ सन्तुष्टि कहिले हुन सक्दैन मान्छे । हिजोसम्म एक छाक टार्नको लागि दु:ख गरेर बसेको मान्छे दुई छाकसम्म पुर्याउछ ।

अझै सन्तुष्टि हुदैन दिनमा सात पटक भोजन गर्नको लागि दौडिरहेको हुन्छ । असम्भव त केही छैन सम्भव छ । गोर्खा जिल्ला आरु चनौटेमा जन्मिएकी म । मध्यम परिवार त्यही माटोमा हुर्किए,कति पटक चिप्लिए,गाउँ कै स्कुलमा क ख रा पढे,मेलापात सकेसम्म गरे पनि । घरकी जेठी छोरिको रुपमा जन्मिएकी म मेरो छरछिमेक,आमाबुबा ,दाजुभाइ दिदिबहिनीबाट भने साथ सपोर्ट र अथाह माया अनि प्रेरणा पाएकी छु । सायद त्यसैले होला जता गए पनि मलाई मायाको कमि हुदैन । मान्छेको जीवन गतिशील छ । अनेक दु:ख,सुख झेल्दै बाचेको हुन्छ मान्छे ।

लेखक सिम्रन भट्ट
अनेक संघर्ष गरेर अगाडी बढेको हुन्छ मान्छे । स्कुल जीवन गाउँ मै बिताएकी म केही आशा अभिलास बोकेर २०६९ सालमा राजधानी छिरे म । म गाउँमा जन्मिएकी ,हुर्किएकी भएर होला सायद काठमाडौमा त्यति चाडैं घुलमिल हुन सकिन केही समय मलाई सकस भयो । एकले अर्कोलाई न चिन्ने ठाँउ रहेछ । एक घरमा मान्छे मरेर सोकमा डुबेको बेला संगैको घरमा बिहेको भोजमा रमाउन सक्दा रहेछ्न मलाई अत्यास लाग्न थाल्यो । सवै बिरानो लाग्यो एउटै घरमा कोठा पिच्छे फरक अनुहार देख्न थाले बोलचाल कमै हुन्थ्यो । सवै आफ्नो काममा दौडिरहेका हुन्थे त्यही बिचमा म एक्लै महसुस गरिरहेकी थिए ।

मेरो काम थिएन दिउँसो एक्लै बस्थे कोठामा दाइ भाउजू काममा जानुहुन्थो । बिस्तारै बुझ्दै गए काठमाडौ म मा पनि केही आशा पलायो मनमा । अरुले अफिस भनेको सुन्दा मलाई अनि अफिसको भुत चढ्यो । काम खोज्न तल्लिन भए । खोज्दै जादा काम पनि पाए । मलाई कामको केहि अनुभव थिएँन । सानो काम पाएसी म पनि त् अफिस धाउन थाले ।

बल्ल सिके मैले जिवनमा संघर्ष गर्न र जिवनको महत्व बारे । यात्रा गर्दै जादा अनेक थरीका मान्छे भेटाए मैले पाईला-पाईलामा सहयोग गरिदिने बाहानामा बाजि मार्ने दाउमा अनेक अंकुरा पालेर बसेका हुँदा रहेछन । मलाई एउटा पाठ सिकयो समयले सिक्ने र नितान्त नजिक भएर बुझ्ने मौका पाए मैले । छोरा मान्छेमा जति बाहिर हेर्दा चमक भलाद्मी देखिन्छन भित्र त्यो भेटाईन मैले सवै छोरा मान्छे गलत हुन भनेकी पनि हैन । मान्छेको विवेक हराईसकेको छ ।

छोरी मान्छे भेटाउने बित्तिकै गलत निहेतले आँखा गाड्ने छोरा मान्छेको चेतना कहिले आउँछ । मान्छेको मनमा माया दया हुन्छ तर पीडा पनि हुदोरहेछ । जबसम्म छोरा मान्छेको चेतना पलाउदैन तब सम्म छोरी मान्छेले उन्मुक्ति पाउदैन । समस्या नै समस्याले झेलिएको काठमाडौमा छोरी मान्छे बाच्न सजिलो भने छैन छोरा मान्छेको राक्षसी निहेत जबसम्म हटाउन सकिदैन तबसम्म म यात्रामा रहने छु कति छोरा मान्छे चिनिसकेकी छु कति चिन्ने अवसर कुर्दै अझै बसेकी छु ।

खबदार ! “छोरी मान्छे बिलासी र खेलौना हैन त्यही छोरी मान्छेबाट जन्मेका छोरा मान्छे दस धारा दूध चुसेर हुर्केका बिर्सेका हुन क्यारे ! ” घरमा श्रीमती हुदाहुदै पर स्त्रीलाई स्वास्नी भन्न सक्ने छोरा मान्छेको निहेत देख्दा मलाइ घृणा जागेर औउछ । छोरी मान्छे गलत कि छोरा मान्छे गलत ? गरिबी र बाध्यताको मौका छोपेर ताली बजाएर हिड्न सक्ने पनि भेटेकी छु । चिल्ला कुरा र एक कप चियामा बिकाउन खोज्ने छोरा मान्छेको निहेतलाई म चुक्न दिन्न चियो चर्चो गरेर बसेकी छु माफी गर्दिन ।

सपूत मसंग छ । म मेरो धरातल बिर्सिन्न र मेरो परिवारले दिन्न पनि जुन समाजमा हिजो मेरा बाजे आज बाउआमा जुन इज्जतले जसरी बाचेका छन म पनि त्यहीँ समाजमा बाच्न चाहान्छु । स्वतन्त्र भएर बाच्न मन त सबैलाई हुन्छ सबै म जस्तै नारी हुन मेरो जस्तै मन छ उनिहरुको जस्तै मेरो पनि मन छ । दुख पर्दा मेरो पनि आखाबाट आँसु झर्छन

काम गर्ने सिलसिलामा धेरै हण्डर पनि खाए रमाए पनि देख्दा म जति खुसी छु खुसी देखेका छन चमक देखेका छन ममा तर पीडा च्यापेर बसेकी छु । छोरा मान्छे गलत हैन नियत गलत हो । मान्छेले मान्छे चिन्न छोडिसके सद्भाव छैन । बेला-बेला आत्तिन्छु म । मनमा अनेक कुरा खेल्छन अनि काउकुती लाग्छ । हिंस्रक पुरुषको अगाडि म भैदिएको भए त्यो नारी म भैदिएको भए म बदल्छु म बदलिन चाहान्छु । कानुन छ पालना हुँदैन । मेरो देश गरिब छ तर मान्छे गरिब छैन मेरो देशमा ।

भाग्य संजोग भनु या त समयले मलाई अर्को बाटोमा डोहोर्यो मैले लगभग पहिले काम गरेको १ वर्ष पछि फेरी अर्को अफिसमा जोडिन पुगे । फेरी मैले अरु झन् अनुभव बटुल्न पाए यो अफिसममा पनि मैले धेरै समय काम गरिन तर समय र परिस्थितिसंग नजिक हुन् झन पाए त्यस पछी म अलि फरासिली भैसकेकी थिए । मेरो एक जना दाईले फेरी मलाई अर्को चुनौतिको बाटो सम्हाल्न दिनु भयो । कति दिन अफिसको काम गरेर बस्छौ अब आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्नु भयो ।

मैले केहि सोच्न सकिन । एक छिन टोलाएर मैले भने दाईलाई के काम ? ब्युटिसियन सिक ? मैले भने कसले सिकाउछ । दाईले मज्जाले हासेर भन्नु भयो ” धत !लाटी,पैसा दिएर सिक्नु पर्छ भन्नु भयो । मैले हुन्छ भने त्यसपछि दाईले मलाई ब्युटिसियन क्लाससम्म लिनु भयो । मैले सिक्न सुरु गरे । दाईकै साथले मैले ब्युटिसियन सिक्ने अवसर पाएकी मैले केहि आगाडी बधिसकेकी थिए म । यो सिकिसके पछी मलाई NGO अफर आयो ।

त्यस पछी म केहि सवाल र सक्षम हुनु पर्छ भनेर एन्जियोमा जोडिन पुगे । मैले छोडेको काम गर्दा अनेक अनुभव बटुल्ने मौका पाएकि थिए । यहाँसम्म पुग्ने यो अवस्थासम्म पुग्ने देन त त्यसैको हो । NGO लागे पछी अर्को नयाँ अनुभव बटुल्ने मौका पाए । पुर्व मेची देखि पश्चिम महाकालीसम्मका केही जिल्लामा घुम्ने मौका पाए ।

त्यही अवसरमा मैले अनेक अनुभव त्यहाँको चालचलन ,रितिरिवाज र संस्कृति बुझ्ने अवसर पाए मैले । स्थानीय जनतासंग भलाकुसारी गर्ने एक अर्को अवसर पाए । म गोर्खाबाट पहिलो पटक काठमाडौ टेक्दा नेपाल देश यति हो भन्ने सोचेकी थिए कुनै बेला मैले । चिल्ला कार चडेर चिल्लो सडक हिडेर यथार्थ जिवनको अनुभुती गर्न नमिल्दो रहेछ ।

जति जिल्लामा म पुगे फरक भेषभुषा फरक शैली भेटाए मैले । अनेक अनुभव बटुल्दै कहिले राजधानी फर्किए कहिले गोर्खा घर फर्किए म । मैले नजिकबाट निहालेका गाउँबस्ती त्यहाँको चालचलन बस्तुस्थिती र संस्कृति म आमाबुबा ,दाईभाउजु घर परिवारसंग साठ्गाठ गर्थे । कुरा गर्दा एक टकले हेरिरहने मेरि आमा केही अनुभव सुनाउदा कठै भन्नू हुन्थ्यो कुनै बेला मज्जाले हिल्का छोड्दै हास्नु हुन्थ्यो ।

NGO मा काम गर्ने सिलसिलामा धेरै जिल्लामा घुम्ने मौका पाएकी थिए । यसै क्रममा २०७३ साल तिर मलाई सुदुरपश्चिमको यात्रा तए भएको थियो । त्यो अवसर मेरो लागि जिवन्त यादगर रहिरयो । काठमाडौबाट यात्रामा निस्केका हामी भोलिपल्ट चिसापानी कर्णाली पुल पुगेका थियौ । म सङै अरु साथिहरु पनि जानू भएको थियो ।

त्यहाँबाट सुरु गरेको पश्चिमको यात्रा कैलाली ,डोटि,कंचनपुर,महेन्द­्रनगर,अछाम,बझाङ र बजुराका केही ठाउँमा घुम्ने अवसर पाईएकि छु । नजिकैबाट त्यहाँको कलासंस्कृतिसङ्ग नजिक हुने मौका पाए । वास्तवमा हेर्नेको हो भने त्यहाँको जनजीवन त्यति सहज र सजिलो भने छैन । भौगोलिक हिसाबले मिलेको जिल्ला तर बाटो घाटो पछिल्लो समय विकास हुने क्रममै रहेका छन । कहालीलाग्दो सडकको अहिले पनि याद आउँछ । हुन त आफै त्यस्तो बाटोमा पहिलो पटक यात्रा गरेकोले हुनसक्छ । अलिकति मनमा डराएको महसुस गरेकि थिए । मेरो लागि नयाँ नै थियो त्यो ठाउँ ।

एकछिन त मलाई त्यहाँको भाषा नजानेर न बुझेर अल्लमल्ल परेकी थिए । प्राय खेती कृषानी र मेलापात गरेर धनिएको त्यहाँको जनजीवन कहि कतै कठिन स्थिति पनि रहेछ । मेलापात घाँस दाउरा गरेकी बसेकी त्यताकी दिदी बहिनिको पीडा हेर्ने हो भने मन कुडिएर आउँछ । पुरुष नजिकैको देश भारत कामको सिलसिलामा मजदुरी गर्न जाने र दिदीबहिनी घर गृणी महिला घर धन्दा चलाएर बस्दा रहेछन । मेरो यात्रा कठिन रहयो तर जनिकैबाट बस्तीसङ्ग रुमल्लिन पाउँदा खुसी नै थिए ।

आउने पाहुनालाई सत्कार गर्न पछि नपर्ने त्यताका जनसमुदाय को अझै याद आईरहेको छ । वास्तवमा मान्छेमा हुनुपर्ने गुण मान्छेमा हुनुपर्ने एक अर्कालाई सहयोगी भावना त्यहाँको मान्छेबाट सिक्न अवसर पनि पाए । हरेक सामाजिक कार्यको लागि जुटेको देख्दा म आफैँ दङ्ग परे । त्यताको यात्रामा म जति खुसी भए त्यो भन्दा बढी दुखी पनि भए ।

त्यहाको चालचलन जति मनमा गढ्यो तर त्यो ठाउँको छुवाछूत र छाउपडी पर्थाले अलि मनमा चिसो गड्यो । छोटो समयको बसाई संगस्ंगै त्यहाँकि दिदिबहिनीसंग नजिक हुने अवसर जुट्यो । छाउपडी गोठमा ज्यान गुमाएका कुरा त सुनेकी थिए तर म नजिकै पुगिसके पछि यो विषयमा पनि मलाई थोरै चासो बढ्यो । अन्तर आत्मा देखि खुल्न नमान्ने दिदिबहिनीसंग कुरा गर्न अलि असहज भयो मलाई तर बिस्तारै कुरा गर्न गफिन थाले पछि कुरा खोल्दै गैइन गहभरी आँसु पार्दै पीडा पोख्न थालिन ।

अतिनै छुई-छुई गर्ने त्यो समाजमा अलिकता अन्धोविश्वासको जरा भने पक्कै गाडेको रहेछ । महिनावारी हुँदा पाँच दिन छुट्टै बस्नु पर्ने वाध्याता रहेछ । घरको आगन छेउमा खरले बेरेको सानो झुपडी सानो ढोका भएको घर हुदोरहेछ महिनावारी हुँदा बस्ने । कहिलेकाही त त्यो सानो त्यो घरमा मुस्किलले तीन जना अट्ने ठाउँमा सात जनासम्म बस्नु पर्ने बाध्याता रहेछ । एउटै भान्सामा खाना खान नहुने देउता रिसाउछन भन्ने मानसिकता बोकेको समाजमा कहिले चेतना आउछ्होला ।

समाजको डरले भए पनि पढेलेखेका युवती पनि बाहिरै बस्नु पर्ने बाध्याता रहेछ । गुन्यु चोलिमा सजिसजावट नाकमा नत्थी लगाएकी मिजासिलि स्वाभाबका ती दिदी बहिनिको अझै याद आउँछ मलाई । सायद मलाई मनि त्यही गर्छन होला । मैले पनि त्यही संस्कार भोग्नु पर्ने थियो होला । सक्छौ आफै आट गरेर अगाडि बढने कोसिस गर्नु पर्छ । मलाई लाग्यो यो समस्या मेरो लागि नै होकि झै लाग्यो । सामाजिक अभियान्ताले पनि यो विषयमा कुरा उठाउनु पर्छ । ताकी बेकालमा ती नारिको ज्यान नजावस । हुन पश्चिमको नारिले काहा मुक्त्त पाएका छन र भौगोलिक हिसाबले जति सुन्दर छ अलिकति विकारपन पनि छ ।

पछिल्लो समय निर्मला हत्या काण्ड पनि जहाको त्यही छ । यसले पनि केही बिकराल ल्याएको छ । हुन त मलाई लाग्छ सुदुर पश्चिम कि महिला नै अभागी हुन जस्तो लाग्छ । साच्चै सरकारले केही गर्ने नै हो भने केही पहल चालिन्थ्यो होला । निर्दोषलाई दोषी बनाएर उठाउन सक्ने देशमा न्याय पाउँछन् भन्नू त बालुवामा पानी खन्याउनु जस्तै हो लाग्छ मलाई ।

दुख सुख त्यताको बसाई सकेर म राजधानी फर्किने पर्यात्न गरे । मनमा अनेक कुरा खेलाउदै बिदाबारि मागेर म गाडी चडिसकेकी थिए । फेरि आउनु है भन्दै रुमाल हल्लाउदै मलाई बिदाई गरे त्यहाँका दिदी बहिनीले । मन कुडेर म फर्किए । अनेक सम्भावना छन । अनेक अवसर छन तर राजनीति खिचातानीले जरा गाडेको छ त्यो ठाउँमा हुनत यो रोग देशै भरी छ । भावनाले जोडिएको साईनो कती गहिरो हुदो रहेछ । भेट्न जति सजिलो हुन्छ छुटन त्यसको तीन गुणा असहज हुदोरहेछ ।

कोही धनी छन् असाध्ये कोही गरिब छन् माग्ने, कहिले होलान् समान दुबैथरी निर्धक्क भैकन बॉच्ने ।” किन ? केको लागि विभेद आखिर मानिस सबै बराबर हुन् हैन । शरीरको बनावट सबैको एकै छ । भन्ने हो भने धनीले भन्दा गरिबले बढी मेहनत गर्दछन्त तर फरक यति छ धनीले खाने खाना, बस्ने घर,चढ्ने गाडी,लगाउने कपडा कति मूल्यवान र कति महत्व हुन्छ र राख्छन मान्छे ? कस्तो किसिमको सजावट छ घरमा ? कति मीठा मसिना र पोषिला छन् खाने कुरा ? कति महंगा र मूल्यवान छन् लत्ताकपडाहरु पनि ? तर गरिबको घरमा सधैं अभावै अभाव छ, खान लगाउन पुग्दैन,अन्धकार छ घर ।

कहिलेसम्म रोगब्याधिले थला पर्नु पर्ने उनीहरु । कति दयनीय छ अनाथ असहाय गरिबको जिन्दगी ? तर पनि खुसीले जिउन सिकेका त् छन् । भारी बोक्ने हलो जोत्ने, खेत खन्ने, घर बनाउने डकर्मी, सिकर्मी गर्ने, दाउरा,घासपात,पशुपालन, आदि विभिन्न किसिमका काम गर्ने पेटभरी खान नपाउने कि खान नजान्ने चिसोमा न्यानो लुगा कपडा लगाउन नपाउने,चाडपर्वमा खुसीले रमाउन नपाउने ,रोगलाग्दा औषधि गर्न नपाउने । आखिर कस्तो जिन्दगि तर मनका धनी रहेछन ।

हुन् त् कसैले पनि सोच्दैनन् अरुको भलाईको लागि । न मैले सोचेको हुन्छु त् अरु कसैले । बिचरा ! गरिब हुन् पाउनु अर्को कुरा हो तर गरिब बाच्न पाउनु त् उसको अधिकारको कुरा हो । एक छाक खान र एकसरो लगाउन पाए रमाउने हामीलाई ढुक्क छ । आन्नदले निन्द्रा त् लाग्छ । धनि भएर जति समाजको लागि देखाएका छन् ताकी अरुलाई देखाएका छन् तर सुत्दा आनन्दले कहिले सुत्दैनन सिल्पीङ ट्याबलेट खानु पर्छ बिचरा त्यो धनि भए पछिको नर्गको जिबन ।

जे छ त्यसैमा रमाउन सक्नु नै बुद्दिमानी हो जस्तो लाग्छ । गरिब भएर बाचे तर धनि भएर बाच्न पाएकी छैन । गरिवको पिडा,आशु र रोदन देख्न नसक्ने म धनि हुन् पनि चाहादीन । देशमा फोहोरी राजनीति खिचातानीले गाउ‘ठाउ‘,कुनाकन्दरा, बस्ने गरिबहरु झनै गरिब हु‘दैछन् । खाली आफ्नो पेट पाल्न र बच्चाबच्ची पढाउन भनेर विदेश छिर्नेबाहेक अरु केही विकल्प छैन उनीहरुको । विदेशमा पनि कैंयौं गरिबहरु ठगिने गरेका छन् । भनेजस्तो काम र भनेजस्तो तलब पाएका छैनन् उनीहरुले ।

कतिपयले त झनै काम गर्ने ठाउ‘ समेत नपाएर नारकीय जीवन बिताउन र खाली हात घर फर्किनेबाहेक अरु केही पनि गर्न सकेका छैनन् । मतभेद हैन,राजनीति खोल ओडेर बादसाह बन्न खोज्ने होइन । समान व्यवहारको भावना सृजना नगर्नु नै देश र समाजको लागि बेइमानी हो । यस्तै तानाशाही र बदमासीले आउने पुस्ताले के सिक्ने र के दिने ? सिम्रोन भट्ट बिउटीसियन ।

प्रतिकृया दिनुहोस्