Wednesday, November 13

विदेशमा बस्ने नेपालीका लागिः पार्वती जस्तै श्रीमती भए कसरी जीवन फेरिन्छ ? जसका श्रीमान अरबमा थिए -हेर्नैपर्ने (भिडियो सहित)

सर्लाहीकी पार्वती श्रेष्ठले वैदेशिक रोजगारीको लागि अरब गएका आफ्ना श्रीमानलाई स्वदेश फर्काएकी छन् । घर खर्च लगाउने विदेश गएका उनका श्रीमान नेपालमै राम्रो आम्दानी हुने भएपछि स्वेदश फर्किएका हुन् । अहिले उनका श्रीमानले नेपालमै रिक्सा चलाउछन् भने उनको सानो व्यवसाय छ ।

उनका श्रीमानले अरबमा रहँदा ६० हजार सम्मको आम्दानी गर्ने गरेका थिए । अहिले दुबै जनाको गरेर त्यही ६० देखी ७० हजार सम्मको आम्दानी छ । यसमा दुबैजना खुसी छन् ।

पहिला पहिला पार्वतीलाई गाउँघरमा पौरख गरेर आफैंले घर चलाउन सकिन्छ भन्ने लागेको थिएन । श्रीमानले पठाएको पैसा कसरी बचत गर्ने भन्ने पनि थाहा थिएन ।

तर अहिले गाउँघरमै पनि आम्दानी गर्ने बाटोहरु देखेपछि पार्वतीले १० वर्षदेखि साउदीमा काम गरिरहेका श्रीमानलाई घर फर्काएकी हुन् । उनिहरुले अहिले दुबै जनाको आम्दानीबाट बचत पनी गर्न थालेका छन् । यसले भविष्यमा आइपर्ने खर्च टर्ने पार्वतीको भनाइ छ । आफुहरुलाई धेरै सम्पत्ति नचाहिएको बताउने पार्वती अहिले दुबै जना सँगै बस्दा घर खर्च चलाउन आनन्दले पुगेको बताउँछिन् ।
भिडियो हेर्नूहोस

प्रतिकृया दिनुहोस्