Wednesday, November 13

डा. कार्कीको ज्यानमार्ने कारखाना : पाठेघर जँचाउन गएकी महिला लास बनेर फर्किन्


बिराट नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्की उपचारका क्रममा सर्वसाधारणको मृत्यु प्रकरणमा पहिलो पटक विवादमा आएको नाम होइन ।

उनी सञ्चालक रहेको नर्सिङ होममा पटक–पटक बिमारीका गलत उपचार मात्र गराइएका छैनन्, बिरामीको मृत्यु भएपछि कयन पटक मिलापत्र गराएर आफ्नो कारखाना चलाइरहेका छन् ।

गाइनोलोजिस्टका रुपमा परिचित कार्कीको नर्सिङ होममा साधारण बिमारी भएर पुगेका महिलाको नर्मल उपचारमा नै मृत्यु हुने गरेको छ ।

यो शिलशीला केही दिन अघि पनि चल्यो । दुहवी नगरपालिका–८ की रमिला कार्की घिमिरेको नवजात शिशुसहितको मृत्युप्रकरणका कारण ।

पहुँच र रकमका आधारमा प्रशासनदेखि राजनीतिक तहसम्म पहुँच बनाएका कार्कीले जालझेलमा मेडिकल कलेजको लाइसेन्स लिएर अहिले बिराट मेडिकल कलेज पनि सञ्चालनमा ल्याएका छन् । तर, बिमारी आश्वस्त पार्नुको साटो अझ आतंकित हुनेगरी उनको उपचारको शिलशीला चलिरहेको छ ।

पाठेघरमा समस्या देखिएकी मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–१ की ३८ वर्षीय चेलीमाया प्रसाईको गलत उपचारका कारण मृत्यु भएको थियो । चेलीमायाको अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि सामान्य वार्डमा उपचार हुने क्रममा उनको मृत्यु भएको थियो ।

आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । झापाको गौरदह माइतीघरबाट उनी सल्लाह लिनकै लागि अस्पताल पुगेकी थिइन् । उनलाई पाठेघर सफा गर्न चिकित्सकले सल्लाह दिएका थिए । पाठेघर सफा गर्न मञ्जुर भएपछि उनको अप्रेशन (पाठेघर सफा) गरिएको थियो । शल्यक्रियाको करिब २८ घण्टापछि उनको मृत्यु भएको थियो ।

सामान्य अवस्थाको मानिसको मृत्यु के कारणले भयो भनेर अस्पतालले आफन्तलाई जवाफ नै दिन नसकेको पीडित पक्षको आरोप थियो । त्यसबेला डाक्टरहरूले इन्फेक्शन भएको भनी बताए । मिलापत्र गराएर मुद्दालाई रफ्फा दफ्फा गराइयो ।

चिकित्सकको लापरबाहीले प्रसाईको मृत्यु भएको भन्दै प्रर्दशनमा उत्रिएका पीडित पक्षका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर बिहान अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछी उनीहरु छुटेका थिए ।

प्रतिकृया दिनुहोस्